चितवन विशेष

चितवनमा खुकुरी प्रहार गरी फरार भएका दुई व्यक्ति पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्धा

Banner
चितवन, जेठ १४-
चितवनको भरतपुर महानगरपालिका–११ नौरंगे बस्ने ४० वर्षीय युकुमार गुरुङलाई घाँटीमा धारिलो हतियार खुकुरी प्रहरी गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा  भरतपुर–३ न्युरोड बस्ने ३८ वर्षीय राजु तामाङ र भरतपुर–११ बसेनी बस्ने २९ वर्षीय समिर गुरुङ रहेका छन् ।
गुरुङलाई जेठ ७ गते र तामाङलाई जेठ ९ गते पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्धामा चितवन जिल्ला अदालतबा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
उनीहरुले गएको वैशाख १ गते भरतपुर–१० दिपेन्द्र चोकस्थित लाइम एण्ड लेमन रेष्टुरेण्ट अगाडि सडकमा युकुमार गुरुङलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घटना पश्चात उनीहरु फरार थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>