चितवन विशेष

स्मल हेभनको स्कुल बस जलाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ

Banner

चितवन, जेठ १४-

भरतपुर महानगरपालिका–५ कल्याणपुरस्थित स्मल हेभन स्कुलको बसमा आगजनी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ३० गते बागमति प्रदेश ०६–००१ क ००४५ नम्बरको विद्यार्थी बोक्ने स्कुल बसलाई भरतपुर–२० दद्रहनी पुलमा रोकी पेट्रोल बम प्रहार गरेको आरोपमा प्रहरीले विश्वनाथ चौधरीलाई पक्राउ गरेको हो ।

भरतपुर–२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका चौधरीलाई जेठ ११ गते शोसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनले बताए ।

कमरेड महेश र कमरेड महाविर उपनाम भएका विश्वनाथको समूहले २०८० माघ २८ गते भरतपुर–२६ ज्योतिनगरस्थित सुर्याेदय वोमी लघुवित्त संस्थाका कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाकधम्की दिई आगजनी गरी भागेको प्रहरी प्रवक्ता रिजालले बताए । विश्वनाथ चौधरी राष्ट्रिय मावि शोसीको अध्यक्ष भएको बुझिएको उनले जानकारी दिए ।

चितवन जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर घटनाको थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए । अपराधिक क्रियाकलापमा विश्वनाथसँगै अन्य पाँच देखि छ जना व्यक्ति संलग्न रहेको प्रहरीको अनुमान छ ।

राष्ट्रिय मावि शोसीले विश्वनाथ चौधरी पक्राउ परेको दिन विज्ञप्ति निकालेर विद्यालय हाताभित्र प्रवेश गरी हतियारधारी प्रहरीले चौधरीलाई पक्राउ गर्दा विद्यार्थीमा त्रास सिर्जना भएको बताएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>