खेलकुद

स्नो ह्वाइट ग्लाडिएटर्सले जित्यो भरतपुर इमर्जिङ कपको उपाधि

Banner

चितवन, जेठ १३–
प्रथम भरतपुर इमर्जिङ कप टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधि स्नो ह्वाइट ग्लाडिएटर्सले जितेको छ ।
भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा हिमावारी वारियर्सलाई ६ विकेटले पराजित गर्दै स्नो ह्वाइट ग्लाडिएटर्सले उपाधि जितेको हो ।
हिमावारीले दिएको १०५ रनको झिनो लक्ष्य स्नो ह्वाइट ग्लाडिएटर्सले १८.३ ओभरमा १०६ रन बनाउँदै ६ विकेटले जित हात पारेको हो ।
यसअघि पहिले ब्याटिङ गरेको हिमावारी १०४ रनमा अलआउट भएको थियो ।
फाइनल खेलमा स्नो ह्वाइट ग्लाडिएटर्सका प्रवेश भण्डारी प्लेयर अफ दि म्याच घोषित भए । यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने खेलाडीहरुलाई समेट्दै इमर्जिङ टिम समेत घोषणा गरिएको थियो ।
विजेताहरुलाई कार्यक्रमका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा शीर्ष स्थानमा रहँदै स्नो ह्वाइट ग्लाडिएटर्स र दोस्रो स्थानमा रहँदै हिमावारी वारियर्सले उपाधि भिडन्त पक्का गरेको थियो। चार टिम सहभागि प्रतियोगितामा सबै टिमले समान ३ खेल खेलेका थिए । जसमा शीर्ष दुई टिम फाइनलमा प्रवेश गरेको हो । समान एक–एक खेल जितेका राइट राइडर्स र फ्लाई यु फाइटर्स प्रतियोगिताबाट बाहिरिएका थिए।
समापन समारोहमा भरतपुर नगर क्रिकेट संघका अध्यक्ष मनिष सापकोटा, राइट एण्ड एशोसियट्स चितवनका निर्देशक देवेन्द्रराज रेग्मी, हिमावारीका सिइओ शुलभ दुवाडीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>