चितवन विशेष

चितवनमा राष्ट्रिय कविता प्रतियोगिता हुने

Banner

चितवन, जेठ १३–
चितवनमा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित चम्पानगरमा रहेको नवसाहित्य मञ्जरीले यही जेठ २६ गते ‘देशका लागि युवाको खाँचो’ शीर्षकमा कविता प्रतियोगिता गर्न लागेको हो ।

मौलिक साहित्यको प्रवर्धन तथा प्रचार प्रसार गर्ने उद्देश्यले कविता प्रतियोगिता गर्न लागिएको आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । कविताको माध्यमबाट प्रतिभाको पहिचान गर्ने तथा उत्प्रेणा दिने र साहित्यको माध्यमबाट स्थानीय पर्यटनको प्रवर्धन गर्दै देशव्यापी रुपमा जागरण फैलाउन कविता प्रतियोगिता गर्न लागिएको संस्थाका अध्यक्ष सूर्यमणि रेग्मीले जानकारी दिए ।

प्रतियोगितामा सहभागिताका लागि देशभरबाट संकलन गरेर उत्कृष्ट १० कवितालाई बाचनका लागि आमन्त्रण गरिने उनले बताए । कविता संकलन जेठ २० गतेबाट गरिने छ । डिजिटल माध्यबाट कविता संकलन गरिने अध्यक्ष रेग्मीले बताए । जिल्ला बाहिरका कविहरुलाई आवासिय सुविधा सहित यातायातको व्यवस्था समेत गरिएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितीय पुरस्कार २० हजार, तृतीय पुरस्कार १५ हजार र सान्तोना पुरस्कार २ जनाले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । निर्णायकको रुपमा ३ सदस्य मुल्यांकन समिति बनाईएको छ । प्रतियोगितामा उत्कृष्ट हुने कवितालाई संस्थाको मुखपत्र, स्थानीय तथा राष्ट्रिय पत्रिकामा प्रकाशन गरिने आयोजकले जानकारी दिएको छ । सोही अवसरमा कवि गोष्ठिको समेत आयोजना गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>