अन्तर्राष्ट्रिय

दिल्लीको बाल अस्पतालमा आगलागी, कम्तीमा ६ नवजात शिशुको मृत्यु

०
Banner

भारत, जेठ १३-

भारतको दिल्लीमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जना नवजात शिशुको मृत्यु भएको छ । आगलागीमा अरू केही घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको हो ।

गए राति साढे ११ बजे भएको आगलागीमा घाइते भएका १२ जनाको उद्धार गरेकामा छ जनाको उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै अन्य छ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुलेको छैन । आगलागीका कारण अस्पताल नजिकैको भवनमा पनि क्षति पुगेको खबरमा उल्लेख छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>