राजनीति

पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’

०
Banner

काठमाडौं,असोज १२ –

प्रतिनिधि सभाको सोमवारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जङ्गबहादुर राणाको पक्राउप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले ‘गुण्डागर्दी शैली’ अपनाएको आरोप लगाउनुभएको छ ।

उहाँले राणालाई कुनै अभियोगबिना मध्यरातमा पक्राउ गरेर सरकारले लोकतान्त्रिक मूल्य–मान्यता र कानूनी शासनको ठाडो उल्लङ्घन गरेको दाबी गर्नुभएको हो । संसदमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक महरले पूर्वप्रधानन्यायाधीश राणाको गिरफ्तारीलाई ‘राज्य आतङ्क’को संज्ञा दिनुभयो । महरले पछिल्ला घटनाक्रमहरूले सरकारको नियतमाथि प्रश्न उठाएको बताउँदै केपी शर्मा ओलीको गिरफ्तारी र विष्णु पौडेललाई दिइएको सास्तीलाई पनि यसैको निरन्तरता भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले आफूलाई लुई चौधौँझैँ ‘म नै राज्य हुँ’ भन्ने भ्रममा राखेर स्वेच्छाचारी निर्णय गरिरहेको छ । कानूनभन्दा माथि कोही पनि हुँदैन, तर सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा नागरिकको मान–प्रतिष्ठामाथि प्रहार गरिरहेको छ । यदि कोही कसैले कानुन मिचेको छ भने तथ्य र प्रमाणका आधारमा कारबाही होस्, हामी त्यसको पक्षमा छौँ । तर, आधारहीन आरोपमा घरमै गएर पक्राउ गर्ने शैली कानूनी राज्यको बर्खिलाप हो ।’

सरकारले सुरक्षा थ्रेटको बहानामा राणालाई पक्राउ गरेको सन्दर्भमा समेत महरले प्रश्न उठाउनु भयो । उहाँले ‘जेन–जी’ को नाम जोडेर सरकारले युवा पुस्तालाई समेत बदनाम गर्न खोजेको आरोप लगाउनु भयो । उहाँले थ्रेट दिने समूहलाई संरक्षण गर्ने तर थ्रेट भोग्नेलाई पक्राउ गर्ने सरकारको कार्यशैली विरोधाभासपूर्ण रहेको भन्दै यसको निन्दा र भत्र्सना गर्नुभयो । सरकारलाई लोकतान्त्रिक विधि र विधिको शासनप्रति प्रतिवद्ध रहन चेतावनी दिँदै यस्ता घटनाले निरङ्कुशताको झल्को दिने बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>