Breaking News

नेकपा प्रमुख सचेतक दुलालको प्रश्नः के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ

०
Banner

काठमाडौं,असोज १२ –

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ ? भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । देशमा जारी बाढीपहिरोको विपत्ति र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको मध्यरातको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गर्नुभयो । सांसद दुलालले पछिल्लो चार दिनदेखि देशका विभिन्न भागमा अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले पीडित नागरिकको तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न माग गर्दै सरकार विपत्तिको समयमा नागरिकलाई राहत दिनुको साटो अन्यत्र केन्द्रित भएको आरोप लगाउनु भयो । दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पक्राउ गरिएको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले पक्राउ पुर्जीबिना नै मध्यरातमा गरिएको गिरफ्तारीलाई ‘गैरकानूनी राज्यको दृष्टान्त’ र ‘अराजकता’को संज्ञा दिनुभयो ।

दुलालले प्रश्न गर्नुभयो ,‘हामी कानूनी राज्यमा छौँ कि अराजकताको बाटोमा?यो देश सरकारमा बसेकाहरूको निजी बिर्ता होइन । खाएपछि मध्यरातमा जोश र मध्याह्नमा होस आउँछ ? सरकारले यसको जवाफ दिनुपर्छ ।’

सुरक्षा थ्रेटको बहानामा गरिएको गिरफ्तारी र १२ घण्टा नबित्दैको रिहाइलाई उनले सरकारको ‘बहुलाठीपूर्ण पागलपन’ भन्दै टिप्पणी गर्नुभयो । विगतमा पूर्वप्रधानमन्त्री र अहिले पूर्वप्रधानन्यायाधीशलाई गरिएको व्यवहारले कानूनी राज्यको उपहास भएको उहाँको दाबी छ । उहाँले सरकारलाई संवैधानिक र कानूनी बाटोबाट देश सञ्चालन गर्न पुनः सचेत गराउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>