समाज

अनियन्त्रित उत्खननले बनेको रहमा डुबेर गयो किशोरको ज्यान

Banner

बुटवल, जेठ १२-

तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पुरानो सडकका १६ वर्षीय बिद्यान्स भुसालको खोलामा डुबेर मृत्यु भएको हो।

शनिबार बिहान ५ बजे नै साथीहरुसँग फुटबल खेल्न भन्दै गएका बिद्यान्स सात बजेतिर तिनाउ खोलामा डुबेका थिए। घरदेखी साइकलमा गएका बिद्यान्स खेल्दै जाँदा वडा नम्बर ६ को तिलोत्तमा पार्कदेखी पश्चिम तिनाउ खोलामा डुबेका थिए।

फुटबल खेलेपछी पौडी खेल्न तिनाउ खोलामा गएका उनी तिनाउमा भइरहेको अनियन्त्रित उत्खननका कारण परेका पानीसहितको गहिरो रहमा डुबेका थिए। बिद्यान्स खोलामा डुबेपछी उनीसँगै गएका साथीहरूले स्थानीयलाई खबर गरेका थिए।

स्थानीय मित्रबन्धु न्यौपानेले अनियन्त्रित रुपमा भइरहेको उत्खननका कारण तिनाउ खोलामा १२ फिट भन्दा गहिरा पानीका रह बनेको र त्यसैमा डुबेर बालकको मृत्यु भएको बताए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले घटनाबारे जानकारी पाउना साथ साढे सात बजेतिर नै प्रहरी घटनास्थल पुगेपनी गहिरो खाडलमा डुबेको कारण उद्धार गर्न समय लागेको बताए।

तिनाउ नदिलाई आन्तरिक आम्दानीको मुख्य स्रोतको रुपमा लिने स्थानीय तहहरुले हरेक बर्ष उत्खननका लागि ठेक्का लगाउने र ठेक्का लिएका व्यवसायीहरुले अनियन्त्रित रुपमा उत्खनन गर्दा तिनाउमा सयौंको संख्यामा धराप सहितका यस्तै गहिरा खाडल बनेका छन्। स्रोतः सेतोपाटी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>