चितवन विशेष

चितवनमा इट्टा लोड भएको ट्रकको पछाडि लहरी ट्रक ठोक्कियो, लहरी चालक घाइते

Banner

चितवन, जेठ १२-

चितवनमा इट्टा लोड भएको ट्रकको पछाडि लहरी ट्रक ठोक्किदा लहरी चालक घाइते भएका छन् ।

आज बिहान करिब २ः१० बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ बेल्सीचोकमा पूर्वबाट आउँदै गरेको ना ६ ख ३४११ नम्बरको इट्टा लोड भएको ट्रकको पछाडि सोहि दिशाबाट आउँदै गरेको प्रदेश २–०३–००१ ख ३३३१ नम्बरको लहरी गाडी ठोक्किएको थियो ।

लहरी गाडी चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने वर्ष ३२ को शिवराज तिवारीलाई गाडीको बीचमा च्यांपिएको अवस्थामा प्रहरीले उद्धार गरी उपचारको लागि एलाईभ अस्पताल भरतपुर पठाएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । तिवारीको बायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको उनले बताए ।

प्रहरीले दुवै सवारी साधन र ट्रक चालक रौतहट चन्द्रनिगाहापुर–१० बस्ने वर्ष ३२ को सुनिल विश्वकर्मालाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>