खेलकुद

आईपीएल क्रिकेटबाट बेंगलूरु बाहिरियो, राजस्थानसँग ४ विकेटले पराजित

Banner

काठमाडौं, जेठ १०-

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा क्वालिफायर पुग्नका लागि भएको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि)लाई हराएको छ । फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थानसँग ४ विकेटले पराजित हुँदै बेंगलूरु बाहिरिएको हो ।

गएरातिको खेलमा बेंगलूरुले दिएको १ सय ७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधिक ४० रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको बेंगलूरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । उसका रजत पतिदरले सर्वाधिक ३४ रन बनाएका थिए ।

राजस्थानले अब पहिलो क्वालिफायरको पराजित टोली सनराईजर्स हैदराबादसँग फाइनल प्रवेशका लागि भोलि खेल्नेछ । हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल आउने आइतवार हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>