चितवन विशेष
सिमलतालमा सडक भासिएपछि मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी
०

चितवन, असोज १२-
मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडक भासिएपछि यातायात आवागमन एकतर्फी भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सिमलतालस्थित सडकको करिब ७० मिटर लामो भाग भासिएको हो। सडक भासिएपछि उक्त स्थानमा सवारीसाधन सञ्चालन एकतर्फी बनाइएको कार्यालयले जनाएको छ।
सडक डिभिजन भरतपुरले सो सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा चालकलाई सावधानी अपनाउन र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























