देश/प्रदेश

इलाममाजिप दुर्घटनामा पाँच घाइते, बालिकाको अवस्था गम्भीर

०
Banner

इलाम, असोज १२ –

इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये १२ वर्षीया बालिकाको अवस्था गम्भीर रहेको छ।

नेपाल प्रहरीका अनुसार २०८३ असोज १२ गते बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे.१ ज ३३४७ नम्बरको जिप आरुबोटे–दमक भित्री कच्ची सडकखण्डको दहगाउँमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।

दुर्घटनामा जिप चालक पाँचथर मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय खेमराज मगर, मिक्लाजुङ–५ की ४३ वर्षीया मनकुमारी लावती र तुम्बेवा–१ का २१ वर्षीय जनक तामाङ सामान्य घाइते भएका छन्। मनकुमारीकी २३ महिनाको छोरा लाम्सेमा लावती मध्यम घाइते भएका छन्।

मनकुमारीकी १२ वर्षीया छोरी लाम्सिमी लावतीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी इभाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>