चितवन विशेष

नारायणी नदी किनारमा एक पुरुषको शव फेला

Banner

चितवन, जेठ ९-

भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क पछाडि नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

मृतकको साथबाट रोल्पा बुढागाउँ–४ बस्ने वर्ष ५१ को ठगेन्द्र डाँगी लेखिएको नागरिकता फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ ।

उनको शव मंगलवार बिहान ९ः५० बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले बताए । नदीले बगाउँदै ल्याएर ड्याम साइडमा घोप्टो परेको अवस्थामा शव फेला परेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>