चितवन विशेष
स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा भरतपुरमा दुई युवक घाइते
०

भरतपुर, जेठ ८–
स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा भरतपुरमा दुई युवक घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–९ स्थित स्टेप बाईस्टेप बोर्डिङ स्कुल बाट भानु चोक तर्फ जाँदै गरेको बा प्र०६–०२ प२४३७ नं.को स्कुटर मंगलबार बिहान करिब ४ बजेको समयमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्कुटर चालक भरतपुर–३ कमलनगर बस्ने २० वर्षीय सुरज मगर र १९ वर्षिय मिक्कि लामा रहेका छन् । मगरको टाउकोमा चोट लागेको र लामा सामान्य घाईते भएकाले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























