चितवन विशेष

अग्निपीडित जुनकिरीलाई बिहानी मिडियाको आर्थिक सहयोग

Banner

देवघाट,जेठ ७-

बिहानी मिडियाले देवघाटका अग्निपीडितलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । आइतबार बिहानी मिडियाका अध्यक्ष आशिक रानामगरले देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरको उपस्थितिमा नगद ३० हजार ८९०, चामल तीन बोरा, सोयाबिन एक बोरा र लत्ताकपडा हस्तान्तरण गरेका हुन् ।
देवघाट–४ स्थित रातेपानीकी जुनकिरी भुजेलको घरमा गत वैशाख २५ गते राति दिउँसो परेको चट्याङले घरमा आगो लागेको थियो । चट्याङ परेपछि जुनकिरीका ससुरा तुलबहादुरबाहेक सबैजना बेहोस भएका थिए । उनै तुलबहादुरले परिवारका सबै सदस्यको ज्यान जोगाइदिएका थिए । आर्थिक रूपमा अति विपन्न परिवारमा चट्याङ बज्रिएपछि झनै सङ्कट आइपरेको थियो ।

सोही विषयमा बिहानी मिडियाले पहल गरेपछि आर्थिक स्रोत जुटेको थियो । मिडियाका अध्यक्ष रानामगरका अनुसार अमेरिकाबाट तेजबहादुर गुरूङले पठाएको २२ हजार २२२ रूपैयाँसहितका नगद र खाद्यसामग्री लगेर वितरण गरिएको हो । घटना भएपछि सबैभन्दा पहिले आधारभूत आवश्यकता उपलब्ध गराएको थियो ।
जुनकिरीको घरमा दश जनाको संयुक्त परिवार छ । भुजेल परिवार आगलागीबाट घरसँगै अन्नपात तथा लत्ताकपडा सबै जलेपछि घरबारविहीन बनेको छ । विपदको बेला सबै मिलेर सहयोग गर्न देवघाट गाउँपालिकाका अध्यक्ष मगरले आग्रह गरे । ‘विपदको बेला जसले जहाँबाट जे सकिन्छ, त्यही सहयोग गर्नुपर्छ,’ उनले भने, ‘फलानोले गर्छ र ढिस्कानोले गर्छ भनेर धाक हेर्नु हुँदैन ।’

भुजेलको परिवारलाई बसोबासको लागि गाउँले मिलेर सहयोग जुटाउन थालेका छन् । तर, पर्याप्त सहयोग नजुट्दा हालसम्म घर निर्माणको काम थाल्न सकेको छैन । ‘गाउँले मिलेर सहयोग गर्दैछौँ । तर, आर्थिक स्रोत जुट्न नसक्दा समस्या भएको छ,’ धारापानी सामुदायिक वनका अध्यक्षसमेत रहेका स्थानीय जीतबहादुर रानामगरले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>