चितवन विशेष

भरतपुरको एक कपास उद्योगमा आगलागी, उद्योग पूर्ण रुपमा नष्ट

Banner

चितवन, जेठ ७-

भरतपुर महानगरपालिका–१५ मनकामना चोकस्थित एक कपास उद्योगमा गएराति आगलागी भएको छ ।

रौतहट माधवनगर नगरपालिका–१ घर भई हाल भरतपुर–१५ मा बस्दै आएका कौशल किशोर यादवले सञ्चालन गरेको मंगलपुर कपास प्रशोधन केन्द्रमा सोमवार बिहान साढे २ बजे अचानक विद्युत सर्ट भई आगलागी भएको हो ।

स्थानीय र दमकलको सहयोगमा बिहान ३ः२० बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

आगलागीबाट कपास उद्योग पूर्ण रुपमा नष्ट भएको र करिब नौ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>