राजनीति
राजनीति फोहोरी खेल भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्छः सुहाङ नेम्वाङ
०

काठमाडौं, जेठ ५-
नेकपा एमाले सांसद सुहाङ नेम्वाङले राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा एमाले कोसी प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको युवा विचार गोष्ठीमा बोल्दै सांसद नेम्वाङले यस्तो बताएका हुन् ।
राजनीति कहिल्यै फोहोरी नहुने उनले उल्लेख गरे । उनले स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे व्यक्ति नै फोहोरी हुने बताए । सबै युवा मिलेर देशको विकास र समृद्धिमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























