राजनीति
कांग्रेस संसदलाई मुठभेडमा लैजान चाहेको महेश बर्तौलाको आरोप
०

काठमाडौै, जेठ ५-
नेपाली काँग्रेसले संसदलाई मुठभेडमा लैजान चाहेको आरोप नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले लगाएका छन्।
आज (शनिवार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बर्तौलाले संसद अवरोध गर्ने क्रममा बिहीबार कांग्रेसले एमाले अध्यक्षमाथि गरेको दुर्व्यवहार प्रयासले मुठभेडतिर लैजान खोजेको पुष्टि हुने बताएका हुन्।
कांग्रेसले संसदको वेल घेर्यो र नाराबाजी गरेकोमा एमालेलाई कुनै आपत्ति नहुने बताउँदै ‘संसदमा हाम्रा श्रद्धेय अध्यक्षमाथि अशिष्ट व्यवहार प्रर्दशन गरे, उदण्ड व्यवहार प्रर्दशन गरे। भिडभाड, दादागिरी र उदण्डताका साथ मुठभेडमा लैजान नेपाली काँग्रेस चाहन्छ भन्ने कुरा त्यो अस्तीको घटनाबाट देखिन्छ,’ बर्तौलाले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























