चितवन विशेष

आज पूर्वीचितवनको विभिन्न स्थानमा दिनभर विद्युत अवरुद्ध हुने

Banner

चितवन, जेठ ५-

पूर्वीचितवनको विभिन्न स्थानमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको छ । पर्सा सवस्टेशनबाट वितरण हुने विद्युत लाइन आज १२ घण्टा अवरुद्ध हुने भएको हो ।

सवस्टेशन मर्मत तथा सुदृढीकरण गर्नुपर्ने भएकोले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण रत्ननगर वितरण केन्द्रका इन्जिनियर विक्रम श्रेष्ठले जानकारी दिए । पर्सा सवस्टेशनबाट वितरण हुने टाँडी फिडर, सौराहा फिडर, चैनपुर १ र २ फिडर बन्द हुने उनले बताए ।

उक्त फिडरबाट संचालित पर्सा, ज्यामिरे, टाँडी, पदमपुर, शक्तिखोर, जिरौना, सौराहा चोक, चित्रसारी लगायतको क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने इन्जिनियर श्रेष्ठले बताए । तोकिएको समय भन्दा अगावै काम सम्पन्न भएपनि छिट्टै लाइन सुचारु हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>