चितवन विशेष

व्यवसायीक समस्या समाधान र सहकार्य गर्न प्रतिवद्ध छुः महावाणिज्य दुत डिएस मिना

Banner

चितवन, जेठ ४-

नेपाली व्यवसायीसँग सम्बन्धित समस्या समाधान गर्न महावाणिज्य दुतावास सधै तयार रहेको नेपालका लागि भारतीय महावाणिज्य दुत डिएस मिनाले बताएका छन् ।

उद्योग वाणिज्य संघ चितवनले आज (शुक्रबार) आयोजना गरेको स्वागत तथा अन्तरिक्रिया कार्यक्रममा डिएस मिनाले व्यवसायीसँग सम्बन्धित समस्या समाधान गर्न र सहकार्य गर्न सधै तयार रहेको बताएका हुन् । उनले वाणिज्य संघ चितवनले आयोजना गर्ने कार्यक्रममा पनि सहयोग र सहकार्य गर्ने बताए । साथै वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले दिएको २ कार्यक्रमका प्रस्तावमासमेत सहयोग गर्ने डिएस मिनाले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले दुई राष्ट्रबिच समाजिक, सांस्कृतिक, भौगोलिक र आर्थिक अवस्था समान भएकाले उद्योग संघले गर्न लागेको ‘लगानी चितवन बिषय’ कार्यक्रम महावाणिज्यले सहकार्यको गर्नु पर्ने बताएका छन् । उनले नेपाली व्यवसायीलाई भारत प्रवेश गर्दा, सामान आयात गर्दा हुने समस्यालाई समाधान गर्न पनि आग्रह गरेका छन् । भरतपुर महानगरपालिकाले २०२४ लाई भरतपुर भ्रमण बर्षको रुपमा मनाएकोले भारतका उद्यमी व्यवसायीलाई भरतपुरको भ्रमण गराउनु पर्ने उनको भनाइ छ ।

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष चुननारायण श्रेष्ठले खुला बजार नीति, खुला सिमा र व्यक्तिगत सम्बन्धसमेत रहेको भारत र नेपालबिच आर्थिक समृद्धिका सवालमा सहकार्य गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>