राजनीति

कांग्रेस आज सुध्रिएर आउने अपेक्षा गरेका छौंः उपसभापति अर्याल

Banner

काठमाडौं, जेठ ४-

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार देखाएको बताएका छन्। संसदीय राजनीतिको लामो इतिहास भएको पार्टीले बिहीबार संसदमा अमर्यादित व्यवहार देखाएको अर्यालले बताएका हुन्।

आजको संसद बैठकमा भने कांग्रेस सुधारिएर आउने अपेक्षा रास्वपाले गरेको उनले बताए। ‘हामी भर्खर सिक्दै छौं। उहाँहरू त लामो समय राजनीति गरेर आउनुभएको छ। यो व्यवहार अलि भएन,’ उनले भने, ‘आज कांग्रेस त्यसरी प्रस्तुत हुँदैन भन्ने ठानेका छौं।’

सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रहेका रास्वपा सभापति तथा दलका नेता रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ।

कांग्रेसले संसदीय समिति नबनेसम्म लामिछानेलाई रोष्ट्रमबाट बोल्न नदिने रणनीति पनि लिएको छ। बिहीबारको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसको अवरोधका बीच सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई बोल्न समय दिएपछि कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेल भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>