चितवन विशेष

भरतपुरमा स्कुटरले साइकललाई ठक्कर दिँदा तीन जना घाइते

Banner

चितवन, जेठ ०३-
चितवनमा स्कुटरले साइकल यात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । भतरपुर महानगरपालिका वडा नम्बर ११ स्थित थानेदार चोकमा आज साँझ ग १७ प २६५ नम्बरको स्कुटरले साइकललाई ठाक्कर दिँदा साइकल र स्कुटरमा सवार दुई जना नै घाईते भएका हुन् ।

घाइते हुनेमा भरतपुर ७ का २० बर्षिय विशाल विक, स्कुटर पछाडि सवार सोही ठाउँकी २४ बर्षिया सुस्मिता विक, र साइकल यात्री भरतपुर १८ बलराम चोक बस्ने २१ बर्षिया सरिता सुनार रहेका छन् । सुनारको ढाडमा चोट लागेको चितवन प्रहरीले जानकारी दिएको छ । घाइतेहरु सबैको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । उनीहरुको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>