राजनीति

प्रचण्ड, ओली र लामिछानेबीचको छलफल सकियो

Banner

काठमाडौं, जेठ ३-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीचको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार तीन नेताबीच छलफल भएको स्रोतले जानकारी गराएको छ ।

संसद्को गतिरोध अन्त्य र समसामयिक विषयमा छलफल गर्न नेताहरू जुटेका थिए । यी तीन नेताबीच बुधबार पनि सिंहदरबारमा छलफल भएको थियो । आजको संसद् बैठकअघि पनि नेताहरूले छलफल गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाबारे छानबिन गर्न संसदीय समिति नबनाइएसम्म संसद् बैठक सञ्चालन गर्न दिने अडान लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>