राजनीति
कांग्रेसले भन्यो-सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न छन्
०

काठमाडौं, जेठ १-
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको दाबी दोहो¥याएको छ । संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेकखले विज्ञप्ति जारी गर्दै तत्काल संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सहकारीमा बचत गरेको रकम हिनामिना, दुरुपयोग र अपचलन गर्नेमा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत संलग्न रहेका छन् । यसबारेमा संसदीय छानबिन समिति गठन गर्न नेपाली कांग्रेसलगायत अन्य विपक्षी दलले निरन्तर माग गरिरहेको सर्वविदित्तै छ ।’
लाखौं नेपाली नागरिकले सहकारीमा जम्मा गरेको अर्बौं बचत रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको कांग्रेसको निष्कर्ष छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























