राजनीति
ममाथि लागेका आरोपको सदनमा जवाफ दिन पाउनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौँ,बैशाख ३१-
उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपबारे संसदमा जवाफ दिन पाउनुपर्ने बताएका छन्। त्यसपछि संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने लामिछानेले तर्क गरेका छन्। सहकारी अनियमितता प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ।
जेठ १ गते मंगलबार संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने तयारी छ। भोलिको संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पमकम दाहाल‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग छलफल चलाएका छन्। सोमबार सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको जवाफ दिन पाउनुपर्ने बताएका हुन्।

























