चितवन विशेष

भरतपुरमा सुतिरहेको अवस्थामा एक पुरुष मृत फेला

Banner

चितवन, वैशाख २८-

भरतपुर महानगरपालिका–२ लिलाचोकस्थित साथिको कोठामा सुत्न गएका एक पुरुष आज बिहान ३ः३५ बजेको समयमा मृत फेला परेका छन् ।

मनकामना ट्रान्सपोर्टमा एकाउन्टेनको रुपमा काम गर्ने भरतपुर–१० हाकिमचोक बस्ने ५५ वर्षीय दिलिप प्रसाद उपाध्याय साथिको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ ।

आफुसंगै काम गर्ने साथि सुनसरी बराह नगरपालिका–७ बस्ने ४९ वर्षीय ऋषिकेश भट्टराईको कोठामा गई खाईपिई गरि सुतेका उपाध्यायलाई राति पिसाव फेर्न उठ्ने क्रममा उठाउँदा नबोलेको भट्टराईले बताएका छन् । उपाध्यायको मृत्यु भएको जस्तो देखिएपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए ।

घठनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>