चितवन विशेष

चितवन माडीका युवा मलेसियामा पाँच दिनदेखि सम्पर्कविहिन

Banner

चितवन, वैशाख २८-

रोजगारीको लागि मलेसिया गएका माडीका एक युवा पाँच दिनदेखि सम्पर्कविहिन भएका छन्। माडी नगरपालीका–२ सितलपुर डाँडा गाउँका २७ वर्षका सन्तोष बस्ताकोटी वैशाख २३ गते आइतवार देखि सम्पर्कविहिन भएका हुन् ।

उनी पाँच दिनदेखि सम्पर्कविहिन भएको मलेसियामै कार्यरत माडी लक्ष्मी निवासका ईन्द्र सुवेदीले जानकारी दिए । चिनेजानेका र सहकर्मी साथीहरु मिलेर खोजी कार्यमा जुटेपनि अहिलेसम्म उनको अवस्था पत्ता लगाउन नसकिएको सुवेदीले बताए ।

सन्तोष, बिगत ७ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोहोर पासीर गुडाङ आईबिरुस्थित अल कसमोस कम्पनीमा काम गर्दै आईरहेका उनी हराएपछि यता नेपालस्थित बस्ताकोटी परिवार चिन्तामा छ । सन्तोषले ४ महिना अघि मात्रै छुट्टिमा नेपाल आएर बिहे गरेर गएका थिए ।

सितलपुर डाडा गाउँका बस्ताकोटी परिवारले मलेसियामा हराईरहेका आफ्नो छोराको खोजी गरिदिन नेपाल तथा मलेसियास्थित बिभिन्न सरोकारवाला निकायसंग अपिल गरेको छ । बुवा तारानाथ बस्ताकोटीले आफ्नो छोरा सन्तोषलाई देख्नु हुनेले अथवा उनको अवस्था थाहा पाउने जो कोहिले आफुहरुलाई खबर गरिदिन आग्रह गरेका छन् ।

नेपालस्थित सम्पर्क ब्यक्तिहरु
बुवा तारानाथ बस्ताकोटी ९८४५६५५३२१
दाजु प्रकाश बस्ताकोटी ९७६४२४४७०२

मलेसियास्थित सम्पर्क ब्यक्तिहरु
गेबिन्द ००६० ०११११७५४८२८
गणेश ००६० ०११२८१४९१३६
रिजन ००६० ०११२६९७५४७१
दिपक ००६० ०१६२७६४९००

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>