चितवन विशेष

रत्ननगर नगरपालिकाले एक सहायक निरीक्षकसहित १३ नगरप्रहरी करारमा राख्दै

Banner

चितवन, वैशाख २८-

चितवनको रत्ननगर नगरपालिकाले एक जना नगर प्रहरी सहायक निरीक्षकसहित १३ जना नगरप्रहरी करारमा राख्ने भएको छ । नगरपालिकाले वैशाख २५ गते पदपूर्ती सम्बन्धी सूचना प्रकाशन गरेर १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

नगरपालिकाले खुला प्रतिस्पर्धाबाट नगर प्रहरी सहायक निरीक्षक एक जना, नगर प्रहरी सहायक हवल्दार एक जना, नगर पर्यटन प्रहरी जवान दुई जना र नगर प्रहरी जवान छ जनालाई करारमा राख्ने भएको हो । त्यस्तै, नगर प्रहरी जवान (महिला) दुई जना र नगर प्रहरी जवान (दलित÷अल्पसंख्यक) एक जनाको लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।

नगरपालिकाको प्रशासन शाखामा दरखास्त बुझाउन सकिने र दरखास्तको साथमा परीक्षा दस्तुर प्रति व्यक्ति ५०० रुपैयाँ बुझाउनुपर्ने प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । शारिरीक प्रतिस्पर्धा र अन्तरवार्ताका माध्यमबाट प्रतिस्पर्धीको छनौट गरिने नगरपालिकाले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>