चितवन विशेष

नेपाल हज समितिको सदस्यमा चितवनका नेक महमद मियाँ नियुक्त

Banner

चितवन, वैशाख २७-

नेपाल हज समितिको सदस्यमा चितवनका नेक महमद मियाँ नियुक्त भएका छन् । नेपाल मुस्लिम मुक्ति मोर्चा चितवनका अध्यक्ष समेत रहेका मियाँलाई गृहमन्त्रीस्तरीय निर्णयबाट हज समिति सदस्यको जिम्मेवारी दिइएको हो ।

नेपाल हज समिति कार्यविधि, २०७२ को दफा ३ को उपदफा (२) प्रकरण (ख) बमोजिम २०८१ वैशााख २३ गतेदेखि २०८३ वैशाख २२ गतेसम्म कार्यकाल रहनेगरी मियाँलाई जिम्मेवारी दिइएको गृहमन्त्रालयका उपसचिव कुलबहादुर जिसीले जानकारी दिए ।

मियाँ नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) चितवन जिल्ला समन्वय समिति सदस्य समेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>