चितवन विशेष
चितवनमा माछा मार्ने क्रममा पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु
०
चितवन, वैशाख २५-
चितवनको खैरहनी नगरपालिकामा पोखरीमा बल्छि थापेर माछा मार्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ ।
खैरहनी–१० जीवनपुरका सञ्जय चौधरीको छोरा सिमानस चौधरी स्थानीय यादव पुनको माछापोखरीमा सोमवार दिउँसो साढे ३ बजे बल्छि थापेर माछा मार्ने क्रममा डुबेका थिए ।
निज बालकलाई पोखरीबाट निकालेर उपचारको लागि भरतपुर अस्पताल पठाएकोमा उपचारको क्रममा सोमवार बेलुका ५ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले घटनास्थलकाे मुचुल्का गर्ने काम सकिएकाे र जाहेरी प्राप्त भएपछि पाेष्टमार्टम गरिने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>