चितवन विशेष

नारायणी डेभलपमेन्ट बैंकको २२औँ बार्षिक साधारण सभा सम्पन्न

Banner

चितवन, वैशाख १९-

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, चितवनको २२औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैकका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट संस्थापक समुहतर्फ २ जना र सर्वसाधारण समुहबाट २ जना गरी ४ जनाको नयाँ संचालक समिति समेत चयन गरेको छ ।

संस्थापक समुहबाट चन्द्रमान मलेकु र टेकनाथ ढकाल र सर्वसाधारण समुहबाट पुकार थापा र गणेशमान प्रधान निर्विरोध निर्वाचित भएका छन् । बैकको स्वतन्त्र संचालकमा बलराम पौडेल २०७९ वैशाख १३ गतेदेखि कार्यरत छन् ।

संस्थालाई तोकिएको न्युनतम चुक्ता पुँजी यही आर्थिक बर्ष भित्र पुरा गर्ने लक्ष्यका साथ साधारणसभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९÷०८० को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, बैकको केन्द्रीय कार्यालय स्थानान्तरण र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरी आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिको लागी आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने समेत निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>