अन्तर्राष्ट्रिय
इराकमा समलिंगी विवाह गरे १० देखि १५ वर्ष जेल
०
बग्दाद, वैशाख १६-
इराकको संसदले समलिंगी विवाहलाई अपराधको संज्ञा दिँदै विधेयक पास गरेको छ । नयाँ कानुनमा समलिंगी विवाह गरेमा १० देखि १५ वर्षसम्म जेल सजायको व्यवस्था गरिएको छ ।
सो कानुनका समर्थकले नयाँ कानुनले देशको धार्मिक मूल्य मान्यतालाई बढाएको प्रतिक्रिया दिएका छन् । अधिकारकर्मीले भने यौन अल्पसंख्यकको अधिकार हनन्मा इराकले अर्को ब्ल्याक मार्क रेकर्ड गराएको जनाएका छन् ।
सन् १९८० को दशकमा रहेको बेश्यावृत्तिविरुद्धको कानुनको संशोधनका लागि बनाइएको मस्यौदा विधेयकमा समलिंगी सम्बन्धमा मृत्युदण्ड दिनुपर्ने प्रस्ताव नै गरिएको थियो । यद्यपि, त्यसलाई अमेरिका र अन्य पश्चिमा मुलुकले विरोध गरेपछि हटाइएको थियो । बीबीसी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>