चितवन विशेष

चितवन प्रहरीले हराएको मोटरसाइकल सम्बन्धित धनीलाई बुझायो

Banner

चितवन, वैशाख १३-

चितवन प्रहरीले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

वैशाख ११ गते भरतपुर महानगरपालिका–११ बाट हराएको मोटरसाइकल भरतपुर–४ मा बेवारिसे अवस्थामा बुधबार भेटी प्रहरीले सम्बन्धित घरधनीलाई बुझाएको हो ।

गोरखा अजिरकोट–३ बस्ने रबिन्द्र न्यौपानेले ना ५९ प ३५७ नम्बरको पल्सर मोटरसाइकल हराएको भनी वडा प्रहरी कार्यालय नारायणगढमा निवेदन दिएका थिए । उक्त मोटरसाइकल खोजतलास गर्ने क्रममा बुधबार भरतपुर–४ मा बेवारिसे अवस्थामा फेला पारी सम्बन्धित मोटरसाइकल धनीलाई जिम्मा लगाइएको चितवन प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>