चितवन विशेष
शान्ति श्री परियारको स्वरमा नयाँ गीत ‘आमा तिमीलाई’मा सार्वजनिक

काठमाडौं, वैशाख १३-
शान्ति श्री परियारको स्वरमा नयाँ गीत ‘आमा तिमीलाई’ सार्वजनिक भएको छ ।
फरक खालको पारिवारिक गीत आमा र आमा प्रतिको माया समेटिएको गीत ‘आमा तिमिलाई’ सार्वजनिक भएको हो । छोरा, छोरी प्रतिको विभेद, अहिलेको समाजले छोरीलाई कसरी हेर्छ भन्ने विषयलाई यस गीतमा उजागर गर्न खोजिएको छ ।
गोविन्द नागिलाको शब्द सृजनामा बनेको गीतमा बीबी अनुरागीले संगीत भरेका छन । गीतलाई नागिला नामक युटुब च्यानल मार्फत् सार्वजनिक गरिएको छ । भिडियो उत्कृष्ट बनेको र नेपालको गाउँले परिवेशमा छायांकन उक्त भिडियोमा छोरीले आमाको किरिया बसेको कथा वस्तु समेटिएको गीतका प्रस्तुतकर्ता गोविन्द नागिलाले बताएका छन् । नागिलाका अन्य तीन वटा गीतहरु अडियो तयार भइसकेको अवस्थामा रहेको र यसलाई दर्शकहरुले मन पराइदिनु हुने अपेक्षासमेत रहेको उनले उल्लेख गरे ।
उक्त गीतको भिडियोमा चर्चित नायिका शिल्पा पोखरेल लगाएका कलाकारको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन विष्णु खड्काको सम्पादन तथा स्रुवतराज आचार्यको निर्देशन रहेको छ । ‘आमा जस्तो निःस्वार्थ माया संसारमा कसैले पनि दिन सक्दैन, त्यस कारण वृद्ध बाबाआमालाई वृद्धाश्रम होइन मनको मन्दिरमा राखेर आदर साथ पूजा गरौं’ भन्ने सन्देशसहित उक्त गीत बजारमा आएको हो ।