राजनीति

ओल्टेकोल्टे गरेको सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको उठ्यै छः नेपाल

Banner

काठमाडौँ, वैशाख १०-

वर्तमान सत्ता गठबन्धनको भविष्य कति दिन टिक्ने हो भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रश्न उठेको बताएका छन् ।

सोमवार ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ ।’

नेपालको राजनीति जटिल रहेको बताउँदै उनले गठबन्धनको भविष्यमा उठेको प्रश्नको उत्तर आफूसँग नभएको प्रधानमन्त्रीले यसको जवाफ दिने समेत बताए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>