Breaking News

विदेशको पीआर, नेपालको सरकारी पदः विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

Banner

काठमाडौं,बैशाख ९-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अमेरिकाको पीआर लिइसकेपछि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेकाले उनीमाथि आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो।

उनी सुरक्षण मुद्रण केन्द्रकै उपकरण खरिदमा भएको भ्रष्टाचार प्रकरणका पनि मुख्य अभियुक्त हुन्। उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ। उनीमाथि गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा पनि अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>