राजनीति

चुनावी प्रचारबाट फर्किएलगत्तै अमेरिका उडे गगन थापा

Banner

काठमाडौ,बैशाख ९-

नेपाली कांग्रेसका महामन्त्री अमेरिका पुगेका छन् । इलाम २ मा हुने उपनिर्वाचनको प्रचारप्रसारबाट फर्किएलगत्तै थापा अमेरिका प्रस्थान गरेका हुन् । यसअघि नै थापाको परिवार अमेरिका पुगिसकेको छ । अमेरिकामा थापा पारिवारिक घुमघाम र जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन लागेका हुन् । सोमबार थापाले नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै छन् ।

जुन २१ बेलुका ५ बजे थापाले क्यालिफोर्नियाको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउने जानकारी नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाका नेता गौतम दाहालले दिए । थापाले मिन्नेसोटा र क्यालिफोर्नियामा पारिवारिक भेटघाट गर्ने छन् । थापाका काका क्यालिफोर्निया र भाइहरू मिन्नेसोटामा बस्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>