चितवन विशेष

योगी नरहरिनाथ पुस्तकालयलाई कम्प्युटर प्रदान

Banner

चितवन, बैशाख ०७-
चितवनको वागीश्वरीमा रहेको योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवम् अनुसन्धान केन्द्रमा ई लाइब्रेरी स्थापना गर्नका लागि कम्प्युटर प्रदान गरिएको छ । गैरआवासीय नेपाली संघ र ललितपुर २७ की सिर्जित आर्टिस्ट एना ढकालले आज एक कार्यक्रमका बिच इलाईब्रेरी सहितको दुई थान डेक्सटप कम्प्युटर र दुई थान ल्याप्टप पुस्ताकालयका संयोजक डीआर पोखरेललाई प्रदान गर्नुभएको हो ।
सो कार्यक्रममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उप कूलपति इन्द्र रेग्मीले यस पुस्तकालयको विकास र अभिवृद्धिमा भरतपुर महानगरले हर तवरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली संघका उपमहासचिव सोम सापकोटाले योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एबम् अनुसन्धान केन्द्र वागीश्वरीलाई पछिसम्म पनि सहयोग जारी राख्ने बताउनुभयो । उहाँले ७० लाख गैरआासीय नेपालीलाई यो संस्थासंग जोडने साथै राष्ट्र गुरु योगी नरहरिनाथले सिर्जना गर्नु भएका महत्त्वूर्ण पुस्तक छपाई र प्रकाशनमा सहयोग गर्न प्रतिबद्धता जनाउनुभयो ।

ल्यापटप दाता एना ढकालका पिता एबम् श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका सचिव नवराज ढकालले योगी नरहरिनाथ पुस्तकालयलाई नयाँ उचाइमा पुर्‍याउन पुस्तकालयको आवश्यकता र अनुरोधलाई स्वीकार गरी छोरीले सहयोग गर्नु भएकोमा धन्यबाद एवम् आभार प्रकट गर्नु भयो ।
कार्यक्रमलाई श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका संरक्षक शान्त प्रसाद पोखरेल र अध्यक्ष शैलेन्द्र कुमार पियाले यस्ता प्रकारका सहयोगलाई निरन्तरता दिँदै योगी नरहरिनाथले परिकल्पना गर्नु भएको वागीश्वरी माथि उठाउन सबैलाई अनुरोध गर्दै दातालाई धन्यवाद दिुनभएको थियो ।
संस्थाका अध्यक्ष डी आर पोखरेलको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा पुस्तकालय व्यवस्थापनका सदस्य प्रा डा होमनाथ सापकोटाले स्वागत गर्नुभयो थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>