समाचार
कांग्रेस सांसद खड्काले हडपेको स्काउटको जग्गा सिल
०
काठमाडौं, वैशाख ७-
नेपाल स्काउट केन्द्रीय कार्यालयको हडपिएको जग्गा बिहीवार काठमाडौँ प्रशासनले सिल गरेको छ।
गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँ प्रशासनको टोलीले बिहीवार राति सिल गरेको हो। कांग्रेस सांसद दीपक खड्काले उक्त जग्गा हडपेका थिए।
नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गालाई नै सिल गरिएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ।
खड्काले स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएर १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई भाडामा दिएको बताइएको छ।
अदालतले आदेश दिँदा पनि सो जग्गा खाली गर्न सकिएको थिएन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>