देश/प्रदेश

कैलालीका बाघको आक्रमणबाट एक जनाको मृत्यु

०
Banner

कैलाली, असोज १६ –

बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान करिब ५ः०० बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । उहाँसँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए ।

बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>