देश/प्रदेश

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

०
Banner

काठमाडौं ,असोज १६-

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १६ गते बिहान ६ बजेसम्म गरिएको कारबाहीमा मादक पदार्थ सेवन ९मा।प।से।०, सिसिटिभी, रातो बत्ती उल्लंघन, तीव्र गति, हर्न, लेन अनुशासन, सवारीको अवस्था, एकतर्फी सडक ९वन–वे० लगायतका कसुर समावेश छन् ।

कारबाहीको विवरणअनुसार मा।प।से।तर्फ ५३, सिसिटिभीमार्फत ५९, रातो बत्ती उल्लंघनमा ३९, तीव्र गतिमा १०४, हर्नतर्फ १२, लेन अनुशासन उल्लंघनमा ३, सवारीको अवस्था ठीक नभएकोमा ३४ तथा वन–वे उल्लंघनमा ३ वटालाई कारबाही गरिएको छ । अन्यमा ५१० वटा सवारी कारबाही गरिएको कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>