पत्रपत्रिका

‘बरन्डा’ मा सामान्य प्रशासनका ८० कर्मचारी

Banner

काठमाडौं, वैशाख ५-

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ८० जनाभन्दा बढी कर्मचारीलाई काम नदिएर मन्त्रालयको बरन्डामा थन्काइएको छ।

जिम्मेवारी नपाएका कर्मचारीहरू बिहान हाजिर गर्न मन्त्रालय जान्छन् र हाजिर गर्नबित्तिकै मन्त्रालयबाट हिँड्ने गर्छन्। उनीहरूका लागि कार्यालयमा बस्ने कोठासमेत हुँदैन। मन्त्रालय गएको बेला उनीहरू मन्त्रालयको बरन्डामा उभिने गर्छन्। त्यसैले ती कर्मचारीलाई ‘बरन्डा’ भन्ने गरिएको हुन्छ।

यो समाचार नागरिक दैनिकमा छ, त्यस्ता कर्मचारीलाई मन्त्रालयले अतिरिक्त समूहमा राख्ने गरेको छ। यो संख्या कहिले बढी त कहिले कम हुने गरेको छ। मन्त्रालय स्रोतका अनुसार अहिले मन्त्रालयमा पाँचभन्दा सहसचिवलाई अतिरिक्तमा राखिएको छ। मन्त्रालयमा यतिबेला सहसचिवको दरबन्दी पाँचजना छ। त्यसमा इञ्जिनियर समूहमा एकजना सहसचिवको दरबन्दी थप गर्न प्रस्ताव गरिएको छ।

मन्त्रालयका अनुसार सामान्यमा उपसचिवको दरबन्दी २२ जना छ तर, २४ भन्दा बढी उपसविचलाई अहिले अतिरिक्त समूहमा थन्काइएको छ। मन्त्रालय स्रोतका अनुसार सहसचिवदेखि अधिकृतसम्म ८० भन्दा बढी कर्मचारीहरू अहिले अतिरिक्तमा राखिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>