समाचार
उपनिर्वाचनको लागि मतपत्र आज जिल्ला पठाइँदै
०
काठमाडौं, वैशाख ५-
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार मतपत्र पठाइने भएको छ।
छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ १(१) का लागि ६८ हजार मतपत्र छापिएको छ । इलाम–२ मा १९ र बझाङ १(१) मा ११ उमेदवार छन् ।
इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन् । बझाङमा ६१ हजार ७४ मतदाता छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>