चितवन विशेष

विक्रमबाबा मेलामा आज एक लाख भक्तजन पुग्ने अनुमान

Banner

चितवन, वैशाख ४-

चैते दशैँको दिन आज चितवन राष्ट्रिय निकुञ्ज भित्र लागेको विक्रमबाबा मेलामा एक लाख भक्तजन पुग्ने अनुमान गरिएको छ । मेलाको मुख्य दिन आज र भोलि रामनवमीको अवसरमा एक/एक लाख भक्तजनले मेला भर्ने अपेक्षा गरिएको छ ।

भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दिपक दवाडीका अनुसार आज विक्रमबाबा मेलामा बिहानै देखि भक्तजनको घुइचो लागेको छ । नयाँ वर्ष २०८१ को पहिला दिन करिब ६० हजार भक्तजनले मेला भरेको अनुमान गरिएको उनले बताए ।

‘१५ दिनको मेलामा सात लाख भक्तजन विक्रमबाबाको पुजा गर्न आउने अपेक्षा गरेका छौँ । चैते दशैँ र रामनवमी विशेष दिन भएकाले यी दुई दिन एक÷एक लाख भक्तजन आउने अनुमान गरेका छौँ’, उनले भने ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा चैत २६ गतेदेखि विक्रम बाबा मेला सुरु भएको हो । विक्रमबाबा मेलामा पशुको बलि दिने पनि प्रचलन छ ।

चैते दशैँलाई लक्षित गरी हरेक वर्ष चैत औँसिदेखि पूर्णिमासम्म मेला लाग्छ । मेलामा आउने भक्तजनको सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणले विशेष सुरक्षा व्यवस्था लागू गरेको प्रमुख सेनानी एवं गणपति विकास अधिकारीले बताए ।

मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लमजङ, गोर्खा, मकवानपुरलगायतका जिल्लाबाट दर्शनार्थी तथा भक्तजन आउने गर्छन् । साथै छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् ।

विक्रम बाबाको पूजा परापूर्वकालदेखि थारु जातीले गर्ने भए पनि पछिल्लो समय अन्य जातजातीको पनि यसमा आस्था बढेको देखिन्छ । विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ति, सुखलगायत मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

किवंदन्तीअनुसार वनाम गरेको आदीबासीको (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>