चितवन विशेष

चितवनको राप्तीमा ट्रक र टिपर ठोकिँदा ४ जना घाइते, टिपर चालक फरार

Banner

चितवन, बैशाख ३- 
चितवनमा ट्रक र टिपर एक आपसमा ठोकिँदा चार जना घाइते भएका छन् । राप्ती नगरपालिका १ पिप्लेस्थित पुर्वपश्चिम राजमार्गमा लोथरबाट भण्डारा तफै आउँदै गरेको ना ७ ख ४५७८ नम्बरको टिपर र विपरित दिशाख तर्फ जाँदै गरेको ना ८ ख ४०९३ नम्बरको ट्रक आज बेलुका सात बजे एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा ट्रक चालक हेटौडा उपमहानगरपालिका १६ बस्ने ३० बर्षिय साजन मगर, सोही ठाउँका ३० बर्षिय रमेश चौलागाँई, ट्रकमा सवार राप्ती नगरपालिका २ बस्ने ३० बर्षिय अमित थापामगर र टिपरका सहचालक मनहरी गाउँपालिका ६ बस्ने ३२ बर्षिय पुकार राईको रहेका छन् । उनीहरुको उपचार चितवन मेडिकल कलेज भरतपुरमा भएको चितवन प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको अवस्था मध्यम रहेको छ । टिपर चालक फरार रहेका छन् । टिपर र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>