चितवन विशेष

पत्रकारिताको आचारसंहिता विपरीत गतिविधिप्रति महासंघको ध्यानाकर्षण

Banner

चितवन, बैशाख ०३-
नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारिताको आचारसंहिता विपरीत गतिविधिका गुनासो बढेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सचिव दिपेन्द्र अधिकारीले एक विज्ञप्ती जारी गर्दै पत्रकारिताका समान्य भन्दा सामान्य आचारसंहिता समेत पालना नगरी केही सञ्चारमाध्यम र पत्रकारहरुले विज्ञापनदातासंग जवरजस्ती विज्ञापन माग्ने र धम्काउने गुनासो आएकाले महासंघको ध्यानाकर्षण भएको जनाएका छन् ।

‘समाजले गरिमामय पेशाको रुपमा इज्जत दिएको पत्रकारिता क्षेत्रको सामान्यभन्दा सामान्य आचारसंहिता समेत पालना नगरी केही सञ्चारमाध्यमका सञ्चालक र पत्रकारहरुले विज्ञापनदातासंग जवरजस्ती विज्ञापन माग्ने विज्ञापनदाताको पूर्व स्वीकृत विना विज्ञापन प्रकाशन, प्रसारण गर्ने र भुक्तानी माग्ने जस्ता गैरव्यावसायिक क्रिकाकलाप गर्ने गरेको गुनासो आउने गरेका छन्’–विज्ञप्तीमा भनिएको छ ।

विज्ञापन नदिए नकारात्मक सञ्चार माध्यमबाट नकारात्मक कुरा सार्वजनिक गरिदिने भन्दै व्यावसायीक आचरण विपरीत धम्क्याउने गरेको बताईएको छ । औद्योगिक व्यापारिक संघसंस्थाबाट पत्रकार महासंघमा उजुरी समेत आएको विज्ञप्तीमा उल्लेख गरिएको छ । महासंघले पेशागत मर्यादाको ख्याल गर्दै व्यवसायिक कर्म अगाडि बडाउन पत्रकार तथा सञ्चारकर्मीलाई अनुरोध समेत गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>