चितवन विशेष

प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता आगामी असोजमा हुने

Banner

चितवन, चैत ३०-

प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला यथलेटिक्स फिजिक्स २०८१ आगामी असोजमा हुने भएको छ । शारीरिक सुगठन तथा फिटनेश संघ चितवनले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

२०८१ सालको बडादशैँ एवम् भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी उक्त प्रतियोगिता गर्न लागिएको शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका अध्यक्ष प्रकाश गुरुङ्गले बताए ।

प्रत्येक दुई–दुई वर्षमा आयोजना गर्ने उद्देश्य सहित प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा वजन समूहको टिमको सहभागिता हुनेछ । जसमा ५५, ६०, ६५, ७०, ७५, ८० केजी तौल समूहबीच प्रतिस्पर्धा गराइने उनले बताए ।

प्रतियोगितामा एउटा क्लव वा संस्थाबाट एउटा बजन समूहमा बढीमा २ जना खेलाडीहरु गरी जम्मा १० जना खेलाडीहरु र १ जना टिम मेनेजरले भाग लिन तथा टिमको प्रतिनिधित्व गर्न पाउने छन् ।

त्यस्तै गरी शारीरिक सुगठनको विधा अन्तर्गत हुन गईरहेको महिला एथलेटिक्स फिजिक्स प्रतियोगितालाई खुल्ला समूह अन्तर्गत खेलाईनेछ । प्रतियोगिताको पहिलो दिन प्रि–जजिङ राउण्ड अन्तर्गत मिष्टर चितवन प्रतियोगिताको लागि प्रत्येक समूहबाट जम्मा ५ जना खेलाडी र दोश्रो दिनको फाइनल राउण्डको लागि छनोट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरुमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत तथा काश्य पदक एवम् प्रमाणपत्रले सम्मानित गरिनेछ ।

चौथो तथा पाँचौं हुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र हासिल गर्नेछन् । प्रत्येक वजन समूहमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु २५ हजार, १५ हजार तथा १० हजार नगद सहित पुरस्कृत गरिने अध्यक्ष गुरुङ्गले जानकारी दिए ।

शारीरिक सुगठनको विधा अन्तर्गत पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिताको पहिलो दिन प्रि–जजिङ्ग राउण्ड अन्तर्गत जम्मा ६ जना खेलाडीहरु दोस्रो दिनको फाइनल राउण्डको लागि छनौट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक समूहका खेलाडीहरुमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण रजत तथा काश्य पदक एवम् प्रमाण पत्रले सम्मानित गरिने छ ।

चौथो तथा पाँचौ हुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र प्रदान गरिनेछ । प्रत्येक समूहमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

फाइनल प्रतियोगितामा पुरुषतर्फ प्रत्येक समुहको समूहगत विजेता खेलाडीहरु विच प्रतिस्पर्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीलाई ‘मिष्टर चितवन’को उपाधि साथै नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार, ट्रफि तथा व्यानेटले सुसज्जित गरिनेछ । यसरी ओभरजल प्रथम हुने खेलाडीले नगद १ लाख ८० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको अनुमानित बजेट करीब १० लाखको हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>