चितवन विशेष

सिएमसीले होटल व्यवसाय महासंघका सदस्यलाई उपचारमा २० र फार्मेसीमा ७ प्रतिशत छुट दिने

Banner

चितवन, चैत ३०-

चितवन मेडिकल कलेज (सिएमसी) र होटल व्यवसाय महासंघ बीच आ–आफ्नो सेवा दिने विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार सिएमसीले महासंघमा आबद्ध भएका होटल व्यवसायीलाई उपचार सेवामा २० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट दिने छ । यो सम्झौता सिएमसीले सिधै खरिद गरेका सामानमा लागु नहुने बताइएको छ ।

त्यस्तै, महासंघका सदस्य होटल व्यवसायीले सिएमसीका कर्मचारी/विद्यार्थीलाई सिएमसीको परिचयपत्रको आधारमा लजमा २० प्रतिशत र रेष्टुरेन्टमा १० प्रतिशत छुट दिनुपर्ने छ ।

यो सम्झौता २०८१ साल वैशाख १ गतेदेखि २०८३ साल चैत ३० गतेसम्म लागु हुने दुवै पक्षले गरेको सम्झौता पत्रमा उल्लेख छ । सम्झौता पत्रमा सिएमसीका तर्फबाट अस्पताल निर्देशक डा दयाराम लम्साल र महासंघका अध्यक्ष दिनेशकुमार चुकले हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>