चितवन विशेष

भरतपुरमा कारको ठक्करबाट पैदलयात्री गम्भिर घाइते

Banner

चितवन, चैत २९-

भरतपुर महानगरपालिका–९ शरदपुरस्थित भित्री सडक खण्डमा कारले ठक्कर दिँदा एक जना गम्भिर घाइते भएका छन् ।

बुधवार राति १०ः३५ बजेको समयमा ना २ च २६६५ नम्बरको प्राइभेट कारले भरतपुर–८ पाडेघुम्ती बस्न ३७ वर्षीय अभिषेक पोखरेललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

पोखरेलको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । उनको टाउको र खुट्टामा चोट लागेको छ ।

ठक्कर दिने कार र कार चालक भरतपुर–६ देवनगर बस्ने २८ वर्षीय सुवास विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>