चितवन विशेष

मदिरा सेवन गरी मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

Banner

काठमाडौँ, चैत्र २८-
चितवनमा मामाको हत्या आरोपमा भान्जा पक्राउ परेका छन्। इच्छाकामना गाउँपालिकामा वडा नम्बर-१ स्थित ज्यानदालामा मंगलबार मदिरा सेवन गरेका मामा भान्जाबिच विवाद उत्पन्न भएको थियो।

विवादले उग्र रूप लिँदा दुवै कुटपिटमा उत्रिएपछि भान्जाको कुटाइबाट ४२ वर्षीय मामा चन्द्रबहादुर चेपाङको मृत्यु भएको हो। मामाको हत्या आरोपमा सोही ठाउँ बस्ने २३ वर्षीय भान्जा लोक बहादुर चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चितवन प्रहरीका अनुसार, कुटपिटपछि मृतक चन्द्रको श्रीमतीले दुवैलाई छुट्टाएकी थिइन्।

घरमा ल्याएर सुताएपछि राति नौ तिर उनको मृत्यु भएको जानकारी उनकी श्रीमतीले जनप्रतिनिधिलाई गराएको प्रहरीले जनाएको छ। हत्यामा आरोपित लोकबहादुरलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाएको चितवन प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>